बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

  • नवलपुर आज
  • २०८१ मंसिर १, शनिबार (७ महिना अघि)
  • १६८ पटक पढिएको
बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नवलपुर। नवलपुरको बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बुलिङटार गाउँपालिका–२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना २७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा थापा गम्भीर घाइते भएका थिए ।

मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस