हरिबोधनी एकादशीको अवसरमा कात्तिक २६ र २७ गते पिठौलीमा मेला लाग्ने

हरिबोधनी एकादशीको अवसरमा कात्तिक २६ र २७ गते पिठौलीमा मेला लाग्ने

कावासोती । हरिबोधनी एकादशीको अवसरमा कावासोती १२ पिठौलीमा यस वर्ष पनि मेला लाग्ने भएको छ ।
यही कात्तिक २६ र २७ गते दुई दिन मेला लाग्ने भएको हो । मेलाको लागि आवश्यक तयारी भइरहेको छ । पिठौली चौर युवा समिति कावासोती १२ को आयोजना र व्यवस्थापन तथा कावासोती वडा नम्बर १२ को समन्वयमा मेला लाग्ने भएको हो ।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित स्थानीय खानाका परिकार , नवलपुरको पहाडी क्षेत्रको सुन्तला , विभिन्न व्यवसायिक स्टल समेत रहने समितिका अध्यक्ष सागर गुरुङले जानकारी दिनुभयो । दुई दिनसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहने छ । साथै स्थानीय थारू , बोट माझी समुदायको परम्परागत नाच , भजन , साहित्यिक कार्यक्रम हुने गुरुङले बताउनुभयो । यस्तै नारायणी नदीमा बोटिङ्गको समेत व्यवस्था गरिएको छ । यस वर्षबाट एकादशी मेलामा पनि पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले जिप सफारी समेतको व्यवस्था गरिएको गुरुङले जानकारी दिनुभयो ।
यहाँ प्रतेक वर्ष ठूलो एकादशीमा मेला लाग्दै आएको छ । नारायणी नदीमा ठूलो एकादशीका दिन स्नान र पूजाअर्चना गर्न नवलपुर सहित आसपासका जिल्लाहरुबाट समेत यहाँ भक्तजनहरू आउने गर्दछन् । यहाँ विभिन्न ठाउँबाट आएका भक्तजनहरूले भजन कृतन बाजागाजा सहित नारायणी नदीमा तोरण टाङ्ने , तुलसी रोप्ने गर्दछन् ।
भक्तजनलाई लक्षित गर्दै नारायणी नदी किनारमा पूजाअर्चनाका लागि आवशयक व्यवस्था गरिने कावासोती १२ का अध्यक्ष धु्रव खनाल – दिपेश) ले जानकारी दिनुभयो । भक्तजनहरु सबेरै स्नानका लागि आउने हुँदा वन्यजन्तुको समेत त्रास हुने भएकाले सोही अनुसार स्वयमसेवक परिचालन गरेर कुनै पनि प्रकारको अप्रिय घटना नहोस भन्नका लागि तयारी गरिने वडा अध्यक्ष खनालले बताउनुभयो । परापूर्व कालदेखी पिठौलीमा ठूलो एकादशीमा मेला लाग्दै आएको हुँदा नेपाली हिन्दु धर्म संस्केतीको संरक्षण र जगेर्ना गर्न वडाले समेत आवश्यक समन्वय सहकार्य गर्दै मेलालाई निरन्तरता दिदै आएको उहाँले बताउनुभयो ।
ठूलो एकादशीमा नवलपुरको पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही , बालीघाट , त्रिवेणी लगायतका तीर्थस्थलहरूमा विशेष मेला लाग्ने गर्दछ ।
यसैबीच हरिबोधनी एकादशीको अवसर पारेर कावासोती १२ पिठौली स्थित लक्ष्मीनारायण मन्दिर तथा बृद्दाआश्रममा भित्तेलेखन कार्य गरिएको छ ।
नेपाल कमर्सियल आर्टिस्ट सङ्घ नवलपुर लक्ष्मीनारायण मन्दिरको आयोजना तथा समन्वयमा भित्तेलेखन कार्य गरिएको हो । केन्द्रिय सदस्य भरतबाबु पौडेलको पहलमा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ नवलपुर कार्यसमितिमा आबद्ध सदस्यहरूले सहस्र शालिग्राम सहित लक्ष्मीनारायण , राधाकृष्ण भगवान सहित अन्य देबि देवताको तस्बिरका चित्र भित्तामा उतार्नुभएको छ । यस्तै भित्तेलेखनमा अत्यावश्यकीय मोबाइल नम्बर समेत लेखिएको छ ।
उक्त कार्यमा जिल्ला अध्यक्ष विष्णु भक्त सिग्देल , उपाध्यक्ष शेर बहादुर आले सचिव बुद्धि बहादुर थापा , सहसचिव झविलाल कुमाल , कोषाध्यक्ष पदम श्रेष्ठ सदस्यहरू तिलक, ठकुरी मदन श्रेष्ठ लगायतको सहभागितामा भित्तेलेखन कार्य भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस