नेपाल सम्वत ११४५ मा कावासोतीमा र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम

  • नवलपुर आज
  • २०८१ कार्तिक १७, शनिबार (७ महिना अघि)
  • २५२ पटक पढिएको
नेपाल सम्वत ११४५ मा कावासोतीमा र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम

नवलपुर ।  नयाँ बर्ष नेपाल सम्वत ११४५ को अवसर पारेर आज नेवाः समुदायले नवलपुरको कावासोती र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेवाः देय् दबु नवलपुरको आयोजनामा आज कावासोतीमा र्यालीका साथै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
शुभकामना कार्यक्रममा बोल्दै संविधान सभा सदस्य जीवन श्रेष्ठले नेपाल सम्वत नेवारको मात्र नभएर नेपालको आफ्नै मौलिक सम्वत भएको बताए । उनले नेपाल सम्वतका प्रर्वतक शंखघर श्वाखा जस्तै भन्न नसके पनि उनको पथ पछ्याएर हिड्न सक्ने हुनुपर्नेमा जोड दिए ।
नेवाः देय दबू कावासोतीका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेवाः देय दबु कावासोतीका सहसचिव रामकुमार श्रेष्ठको सञ्चालन र नेवाः देय दबु गण्डकी प्रदेश सल्लाहाकार एवम् सिका नेवाः गुठीका अध्यक्ष रामचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेवाः देय् दबूका गण्डकी प्रदेश सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष भुवराज श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, नेवाः देय दबु नवलपुरका वरिष्ठ उपाध्यक्ष मित्रलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिका नेवा गुठीको धिमीबाजा प्रस्तुत गरिएको थियो । त्यसैगरी कार्यक्रममा नेवाः समुदायको सुगन र समे बजी वितरण गरिएको थियो ।
त्यसैगरी कावासोती २ भाट्टोला खेल मैदानमा भएको कार्यक्रम पछि कावासोती कोइलापानी, विपीचोक, थकाली चोक, पुरानो कावासोती, डण्डा, त्रिभुवनटार, गोछडा शेरगञ्ज हुँदै पुन कार्यक्रम स्थलसम्म मोटरसाइकल र्याली गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस