सामुदायिक विद्यालयमा दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता 

सामुदायिक विद्यालयमा दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता 

कावासोती  ।  सिद्धार्थ आवासीय माविका संस्थापक  प्रिन्सिपल तथा रेडियो कावासोतीका प्रबन्ध सञ्चालक भोजराज दाहालले सामुदायिक विद्यालयका विद्यार्थीहरूको दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।
दाहालले कावासोती तीन स्थित जनविकास विद्याश्रम आधारभूत विद्यालयमा गत वर्ष दुर्घटना बिमा गर्नुभएको थियो । त्यस कार्यक्रमलाई अहिले फेरि निरन्तरता दिनुभएको हो ।
सामाजिक उत्तरदायित्व  अन्तरगत रहेर सामाजिक काम गर्ने हेतुले आफूले सामुदायिक विद्यालयमा दुर्घटना बिमा कार्यक्रममा सहयोग गरेको दाहालले बताउनुभयो ।  विद्यार्थीहरू कुनै कारणवश यदि दुर्घटना परिहाले बिमाबाट उपचारमा सहज होस भनी आफूले यो कार्यक्रमलाई निरन्तरता दिएको दाहालले बताउनुभयो । दाहालले गत वर्ष कावासोती तीनकै तीन वटा विद्यालयबाट दुर्घटना बिमा कार्यक्रम सुरुआत गर्नुभएको थियो । एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गर्नुभएको हो । दाहालले कावासोतीका अन्य वडाहरूमा समेत बिमा कार्यक्रममा सहयोग गर्नुभएको छ । भने एक लाख बराबरको अक्ष कोष समेत निर्माण गर्नुभएको छ ।
दुर्घटना बिमाबाट कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई  उपचारमा सहज हुने उहाँको भनाई छ ।
विद्यालयमा दुर्घटना बिमा कार्यक्रम लागू भएपछि लाभान्वित समेत भएको जनविकास विद्याश्रमका  प्रअ प्रेम न्यौपानेले बताउनुभयो ।  बिमा भएकै कारण दुई जना विद्यार्थीहरूको बिमा रकमबाट उपचार खर्चमा सहयोग पुगेको न्यौपानेले जानकारी दिनुभयो । 

ताजा अपडेट

खोजी गर्नुहोस