प्रकाश रेग्मी ,मध्यविन्दु । पूर्वी नवलपुरको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बरामद गरेको छ ।
तिहारमा प्लाष्टिकजन्य फूलका माला बिक्री वितरणमा रोक लगाएको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बजारमा बिक्री गरे नगरेको अनुगमन गरेको छ । सो क्रममा आज प्लाष्टिकका माला बरामद गरेको हो ।
अनुगमनको क्रममा अटेर गरेर प्लाष्टिकका माला बिक्री गर्न राख्नहरूको मालाहरू जफत गरिएको मध्यविन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं अनुगमन संयोजक विष्णु शर्माले बताउनुभयो ।
कार्तिक ८ गतेको कार्यपालिका बैठकले स्थानीय उत्पादित फूलका मालहरु प्रयोग गर्ने अनुरोध गर्दै यस्तो निर्णय गरेको हो शर्माले जानकारी दिनु भयो । मध्यविन्दु नगरपालिकाले कार्तिक ११ गते सूचना जारी गरी मध्यविन्दु नगर भित्र प्लाष्टिकका माला बिक्री वितरणमा रोक लगाएको थियो ।