कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सुचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माद्धारा जारी सार्वजनिक सूचनामा मदिरा तथा मदिराजन्य पदार्थको सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न उल्लेख गरिएको छ । यस्तै पटका, आतसबाजी लगायतका विस्फोटक पदार्थहरूको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न र नगराउन समेत भनिएको छ ।
जुवातास, लङ्गुरबुर्जा , कौडा सट्टेबाजी लगायतका जुवाजन्य खेल खेल्ने खेलाउने र कानुनले निषेध गरेका कुनै प्रकारका कार्यहरु नगर्न सूचनामा भनिएको छ ।
सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानून अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय नवलुरले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।