निप्स नवलपुरको रक्तदान कार्यक्रम : ३४ जनाले गरे रक्तदान 

  • नवलपुर आज
  • २०८१ कार्तिक ११, आईतबार (३ महिना अघि)
  • १८१ पटक पढिएको
निप्स नवलपुरको रक्तदान कार्यक्रम : ३४ जनाले गरे रक्तदान 

कावासोती । नेपाल इन्स्युरेन्स प्रोफेसनल सोसाइटी (निप्स) नवलपुरको आयोजनामा आइतबार ( आज ) भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।
२८ जना पुरुष र ६ जना महिला  गरि ३४ जनाले रक्तदान गरेको  निप्स नवलपुरको रक्तदान कार्यक्रम संयोजक जगतराम  ढकालले जानकारी दिनुभयो । अहिले विषेश गरेर डेँगुका  बिरामीको सङ्ख्या ह्वात्तै बढेको र उनीहरूका लागि रगत अभावका समाचार आइरहँदा यो समय रक्तदानका लागि उपयुक्त समय भएको महसुस गरेर निप्स नवलपुरको बैठक बसेर रक्तदान कार्यक्रम गर्ने निर्णय गरि रक्तदान कार्यक्रम गरिएको ढकालले बताउनुभयो ।
नवलपुर सहित अहिले देशैभरमा रगतको अभाव भएको छ । नवलपुरमा समेत रगत अभावका कारण अत्यावश्यक परेका बिरामीलाई रगत उपलब्ध हुन नसकेको जानकारी आएको हुँदा निप्स नवलपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको निप्स नवलपुरका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
आइतबार (आज ) कावासोती –८ इन्द्रचोकमा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा नवलपुर रक्तसञ्चार सेवा र नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोग रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस