नवलपुर । नवलपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् ।
देवचुली नगरपालिका २ दुम्कौली निवासी २८ बर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाएका सबै विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
गएराति जंगली च्याउ खाएका देवचुली २ निवासी २६ बर्षीय मदन राजबंशी, २८ बर्षीया धनमाया राजबंशी, ९ बर्षीय रिदिमा राजबंशी, ४८ बर्षीय बाबुलाल राजबंशी र ४६ बर्षीया रनमाया राजबंशी विरामी भएका हुन् ।
उनीहरु सबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विरामीहरुको अवस्था सुधारउन्मुख रहेको समेत प्रहरीले जनाएको छ