राम मन्दिर तथा रामेश्वर १०८ शिवलिङ्ग धामको अध्यक्षमा बेलनाथ शर्मा

  • नवलपुर आज
  • २०८१ कार्तिक ११, आईतबार (३ महिना अघि)
  • १८८ पटक पढिएको
राम मन्दिर तथा रामेश्वर १०८ शिवलिङ्ग धामको अध्यक्षमा बेलनाथ शर्मा

कावासोती ।  नवलपुरको कावासोती तीनमा रहेको राम मन्दिर तथा रामेश्वर १०८ शिवलिङ्ग धामको सतौँ साधारणसभा तथा तेश्रो अधिवेशनले बेलनाथ शर्माको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गायत्री पौडेल , सचिवमा शालिकराम भट्टराई र कोषाध्यक्षमा गीता भट्टराई चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा सुनिता चुके , कमला चुके , रुद्र पौडेल , कृष्ण मरासिनी र सावित्री देवी अधिकारी चयन हुनुभएको छ ।
शनिबार सम्पन्न भएको सतौँ साधारणसभा तथा तेश्रो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशन अघि भएको उद्घाटनमा मन्दिर समितिका अध्यक्ष कमलराज उपाध्यायको अध्यक्षता तथा गणेश अर्यालको प्रमुख आतिथ्यमा भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कमलराज उपाध्यायले अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै गर्दा मन्दिरको विकासका लागि आफूले सकेको प्रयास गरेको बताउनुभयो । मन्दिर क्षेत्रमा विभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने कार्य गरेको, केही सम्पन्न हुने चरणमा रहेको बताउनुभयो । अध्यक्ष उपााध्यायले आफुले काम गर्दै गर्दा भए गरेका कमीकमजोरी भएको भए सल्लाह सुझावका लागि आग्रह समेत गर्नुभयो ।
प्रमुख अतिथि गणेश अर्यालले मन्दिरको विकासका लागि समितले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा धार्मिक अगुवा तथा सामाजिक व्यक्तित्वहरू , सहयोगदाता लगायत स्थानीयवासिन्दाको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस