२०८१ कात्तिक ९ गते राति साढे नौ बजेको समयमा आरोपित अर्जुन नेपालीले मृतक मिलन मानन्धरको पेटमा धारिलो हतियारले प्रहार गरेका थिए । धारिलो हतियार प्रयोगबाट गम्भिर घाइते हुनुभएका मिलन मानन्धरको सोही रातिनै उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
धारिलो हतियार प्रयोग गरि फरार आरोपित अर्जुन नेपालीलाई रातिनै प्रहरी भाग्दै गर्दा कावासोती नगरपालिका –१६, डण्डाबाट गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।