चोरमारा , प्रकाश रेग्मी । मध्यविन्दु नगरपालिका द्वारा शुक्रबार चोरमारा , पतवारी, लुस्लरी, मदनपुर ,टाँडि लगायतको क्षेत्रमा छड्के बजार अनुगमन गरिएको छ ।
दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू गुणस्तरीयता भए, नभएको विषयमा सरोकारवाला निकायसहित स्थलगत अनुगमन गरिएको हो ।
अनुगमन गरिएका पसलमध्ये पसल दर्ता तथा नवीकरण नभएको, पसलमा मूल्यसूची नटाँसेको र अपडेट नगरेको,म्याद सकिएको खाद्यान्न पसलमा बिक्रीका लागि राखिएको, कानुनी प्रक्रिया पुरा नगरेको जस्ता कमीकमजोरीहरू भेटिएका थिए ।
खाद्यान्न पसलहरूको गुणस्तरीयता सुधार्न अनुगमन गरिएको हुँदा कमीकमजोरी सुधारेर पसल सञ्चालन गर्न निर्देशन दिइएको छ।
पहिला भन्दा पसलहरूको अवस्था सुधार भएको मध्यविन्दु नगरपालिका बजार अनुगमन संयोजक जिष्णु प्रसाद शर्माले बताउनुभयो । अरुणखोला क्षेत्रका व्यवसायीहरू सचेत रहेको पाइएको शर्माले बताउनु भयो ।अन्य क्षेत्रमा केही मात्रमा भेटिएका छन त्यसलाई अन्य गर्ने गरी हामी काम गरिरहेका छौ उहाँले बताउनु भयो।
अनुगमनमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यलयका राजेन्द्र प्रसाद शर्मा , मध्यविन्दु उधोग वाणिज्य सघ प्रतिनिधि , मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर भुसाल , प्रहरी , नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
