प्रकाश रेग्मी , चोरमारा । मध्यविन्दु नगरपालिका द्वारा बिहीवार अरुणखोला बजारको अनुगमन गरेको छ ।
नगर उप प्रमुख पूर्णकला चौधरीको नेतृत्वमा आज २५ वटा खाद्यान्न पसल तथा होटलहरूमा गरिएको थियो ।
दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू गुणस्तरीयता भए, नभएको विषयमा सरोकारवाला निकायसहित स्थलगत अनुगमन गरिएको मध्यविन्दु नगरपालिका नगर उप प्रमुख पूर्णकला चौधरीले बताउनुभयो
अनुगमन गरिएका पसलमध्ये केही पसल दर्ता तथा नवीकरण नभएको, पसलमा मूल्यसूची नटाँसेको र अपडेट नगरेको, कानुनी प्रक्रिया पुरा नगरेको जस्ता कमीकमजोरीहरू भेटिएका थिए ।
खाद्यान्न पसलहरूको गुणस्तरीयता सुधार्न अनुगमन गरिएको हुँदा कमीकमजोरी सुधारेर पसल सञ्चालन गर्न निर्देशन दिइएको छ ।
पहिला भन्दा पसलहरूको अवस्था सुधार भएको मध्यविन्दु नगरपालिका बजार अनुगमन संयोजक विष्णु प्रसाद शर्माले बताउनुभयो । पहिला दर्ता नवीकरण नगर्ने , म्याद सकिएका दैनिक उपभोग्य खाद्य सामग्रीहरू बिक्रीमा राखेका समस्या धेरै थियो । पालिकाले अनुगमनलाई निरन्तरता दिए सँगै यस्ता समस्याहरू कमहुँदै गएको उहाँले बताउनुभयो ।
अनुगमनमा वडा नम्बर १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता रण बहादुर थापा , जिल्ला प्रशासन शाखाका राजेन्द्र प्रसाद शर्मा , मध्यविन्दु उद्योग वाणिज्य सघ अध्यक्ष किरण कुमार श्रेष्ठ , मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर भुसाल , पर्यटन तथा उद्योग कार्यलयका प्रतिनिधि , प्रहरी , नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।