पर्यापर्यटन क्षेत्रका सरोकारवालाका लागि अतिथि सत्कार तालिम

  • नवलपुर आज
  • २०८१ कार्तिक ८, बिहिबार (५ महिना अघि)
  • २९१ पटक पढिएको
पर्यापर्यटन क्षेत्रका सरोकारवालाका लागि अतिथि सत्कार तालिम

कावासोती ।  नवलपुरको बिनयी त्रिवेणीमा अतिथि सत्कार तालिम आयोजना गरिएको छ ।
नवलपुर जिल्लामा रहेका पर्यापर्यटन क्षेत्रका सरोकारवालाका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत अतिथि सत्कार तालिम आयोजना गरिएको हो ।
विनयी त्रिवेणी गाउँपालिका– १, दुम्किबास स्थित स्टार होटेलको सभाहलमा कार्यक्रम भएको हो । होटल व्यवसायी सँघ विनयी त्रिवेणीका संयोजक मनिराम कँडेलको अध्यक्षता तथा विनय त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
जल जङ्गल परियोजना अन्तर्गत रहेर एन्साफले आयोजना गरेको कार्यक्रममा जिल्लामा रहेका होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
युएसएआडी जल जङ्गल परियोजना अन्तर्गत गरिएको उक्त तालिममा सहभागीहरूलाई होटल व्यवसायीहरूले स्वास्थ्य खाना, सरसफाई, अपनाउनु पर्ने, अतिथिलाई गरिनुपर्ने स्वागत सत्कार लगायतका बारेमा प्रशिक्षण गरिएको थियो ।
उक्त कार्यक्रममा बिनोद भट्टराई, राजु अधिकारी, बिनोद चापागाईं लगायतका प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
एन्साफले जैविक विविधताको संरक्षण र त्यससँग जोडिएका व्यवसायी तथा उपभोक्ताहरूको क्षमता विकास गर्न तालिम दिँदै साना तथा मझौला उद्यमीहरूलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा होटल व्यवसायीहरूले किचनमा सेफले अनिवार्य रुपमा सही तरिकाले युनिफर्म लगाउनुपर्ने , किचनमा पाकेको खाना सही तरिकाले ग्राहकसम्म पुर्याउनुपर्ने , खानेकुरालाई सही तापक्रममा कसरी भण्डारण गर्ने , भण्डारण गर्ने तापक्रम नमिले जीवाणुहरू उत्पन्न हुने , हाटलमा आउने सबै ग्राहकलाई सत्कार गर्नु पर्ने तरिका लगायत बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस