कावासोतीको फलफुल चोकबाट अवैद्य रुपमा भित्राएको बदाम र केराउ बरामद

कावासोतीको फलफुल चोकबाट अवैद्य रुपमा भित्राएको बदाम र केराउ बरामद

कावासोती ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती – २ फलफुल चोकबाट अवैद्य रुपमा भित्राएको बदाम र केराउ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत फलफुल चोकमा प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको बा.प्र.०३००१ख २१५३ नम्वरको ट्रकमा राजश्व छलि गरी ल्याउदै गरेको अवस्थामा २५ के.जी. दरको १६० बोरा केराउ प्रति के.जी ७० को दरले रु.दुई लाख ८० हजार र ४० के.जी दरको १५० बोरा बदाम प्रति केजी ६० को दरले रु तीन लाख ६० हजार बराबरको सामग्री बरामद गरेको हो ।
प्रहरीले बाग्मती प्रदेश ०३–००१ख २१५३ नम्वरको ट्रक सहित अन्दाजी मुल्य रु.१८,४०,०००।– बरावरको सामान बरामद गरी आबश्यक कारबाहीको लागि राजश्च अनुसन्धान ,कार्यालय बुटवल पठाईएको जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस