गैडा संरक्षण फुटबल प्रतियोगिता चलिरहँदा दिनहुँ सोही क्षेत्रमा गैँडाको मृत्युः आज पनि दुई गैँडा मृत फेला

गैडा संरक्षण फुटबल प्रतियोगिता चलिरहँदा दिनहुँ सोही क्षेत्रमा गैँडाको मृत्युः आज पनि दुई गैँडा मृत फेला

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा गैँडा संरक्षण फुटबल प्रतियोगिता चलिरहँदा सोही पालिकामा दैनिक रुपमा दुर्लभ एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।
मङ्गलबार (आज) पनि दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । हिजो मात्रै मध्यविन्दु–१२ मा पोथी गैंडा मृत फेला परेका थियो । चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले दिनुभएको जानकारी अनुसार आज फेला परेका दुई वटै गैंडा बच्चा गैंडा हुन । सडेगलेको अवस्थामा फेला परेकाले लिगको पहिचान हुन नसकेको मगरले बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने पश्चिम सेक्टरको  मध्यविन्दु १५ स्थितमा एउटा र  भुताहा पोष्टको तीन किलोमिटर उत्तरतर्फ कलकट्टा टापु भन्ने कोर एरियामा एउटा गरेर दुई वटा गैँडा मृत फेला परेको सूचना अधिकारी मगरले बताउनुभयो । बाढीले बगाएर मृत्यु भएको अनुमान गरिएको उहाँको भनाई छ । यस बारेमा विस्तृत जानकारी  पोष्टमार्टमपछि भोलि मात्रै थाहा हुने समेत उहाँले जानकारी दिनुभएको छ ।
नवलपुरको कोल्हुवामा वर्षेनी गैँडा संरक्षणका लागि फुटबल प्रतियोगिता हुँदै आएको छ । तर पश्चिम सेक्टरमा मृत्यु हुने आधिकांश गैँडा भने मध्यविन्दुमै फेला पर्छन् । अघिल्लो वर्ष चोरी सिकारबाट समेत यहाँ गैँडा मरेका थिए ।
प्राकृतिक कारणबाट समेत  यसै क्षेत्रमा गैँडा मर्ने गरेका छन् । गैँडाको संरक्षण भन्दै चेतना मुलक फुटबल खेल खेलाउँदै गर्दा दिनहु गैडाको मृत्यु हुनुले नाम मात्रकै संरक्षण भन्दै कतिपयले टिकाटिप्पणी समेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस