कावासोतीको बालुवाडाँडा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु ,२८ जना घाइते

कावासोतीको बालुवाडाँडा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु ,२८ जना घाइते

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २८ जना घाईते भएका छन् ।
शनिबार बिहान ११ः३० बजेको समयमा कावासोती –.१ बालुवाडाँडा स्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोती तर्फ आउदै गरेको बा.प्र.०७–००१ ज ००२० नं को बोलेरो पिकअप जिप अनियन्त्रित भइ पल्टन जादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहले जानकारी दिनुभएको छ ।
पहाडी क्षेत्रमा दुर्घटना भएका कारण उद्धारको कार्य भर्खर सकेर घाइतहरुलाई नवलपुर अस्पताल कावासोती र मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि लगिएको सूचना अधिकारी शाहले जानकारी दिनुभएको छ ।
मृतक तथा घाइतहरुको पुरा विवरण आउन बाँकी रहेको उहाँले बताउनुभएको छ ।
ओभरलोडका कारण जीप अनियन्त्रीत भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस