बाघको आक्रमणबाट विनयी त्रिवेणीमा एकजनाको मृत्यु

बाघको आक्रमणबाट विनयी त्रिवेणीमा एकजनाको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१, लक्ष्मीटाँडीका ६३ वर्षीय जीव बहादुर थिङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो ।

आज बिहान एघार बजेको समयमा घर नजिकैको तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला उहाँलाई बाघले आक्रमण गरेको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । बाघले आक्रमण गरेको भन्ने खरब सँगै गएका साथीबाट प्राप्त भएपछि खोजी गर्ने क्रममा थिङ मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस