कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा पर्ने नारायणी नदीमा तटबन्धको काम शुरु भएको छ । बुधवारबाट नारायणी नदीमा तटबन्धको काम शुरु भएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो ।
नारायणी नदी नियन्त्रण कार्यालयसंगको समन्वयमा तटबन्धको काम शुरु भएको अधिकारीले बताउनुभयो । निरन्तरको प्रयासपछि नारायणीमा तटबन्धको काम सुरु भएकोले नदी कटानको समस्या केही हदसम्म भएपनि कम हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
असोज ११ र १२ को अविरल वर्षापछि बलघट्टा क्षेत्रबाट नारायणी नदी पस्दा मध्यविन्दु–२ मा ठुलो क्षति पुगेको थियो । नगरको तर्फबाट तत्काल प्रभावित क्षेत्रमा उद्धार सहित राहत वितरणको काम भएको थियो । हाल तटबन्धको काम शुरु भएको हो ।्
मध्यविन्दु–२ को बलघट्टामा बाढीले तिब्ररुपमा कटान भईरहेको थियो ।