दिपेन्द्र रेग्मी, असोज ३०, कावासोती । स्वदेशमै रोजगारि सिर्जना गरिरहेका ग्रिल व्यवसायीहरु पछिल्लो समय समस्यामा परेका छन् ।
कोरोना कहरसँगै थलिएको देशकै अर्थतन्त्रको प्रभाव ग्रिल व्यवसायिहरुमा पनि देखिएको त छनै, समस्याकै विचमा व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई समेत सरकारले वेवास्ता गरिदिँदा धेरै व्यवसायिहरु विदेश पलायनको अवस्थामा पुगेको ग्रिल तथा स्टिल व्यवसायि संघ नवलपुरका जिल्ला अध्यक्ष कमल पौडेलले बताउनुभयो ।
रेडियो कावासोतिसँग भएको एक विषेश कुराकानिमा उहाँले ग्रिल तथा स्टिल व्यवसायिहरुलाई संघ देखि स्थानिय सरकारले समेत उपेक्षाको दृष्टिकोणबाट हेरिदिँदा व्यवसायिहरु पलायनको अवस्थामा रहेको बताउनुभएको हो ।
नवलपुर जिल्लामा गत आर्थिक वर्ष २०८०,८१ सम्म संघमा आवद्ध २५० वटा ग्रिल तथा स्टिल उद्योग रहेकोमा अहिले त्यो संख्या घटेर १७० मा सिमित भैसकेको अध्यक्ष पौडेलले बताउनुभयो ।

दक्ष कामदारको अभाव, ज्ञान वा सिप नभएका व्यक्तिहरुले समेत व्यवसाय सञ्चालन गरिदिँदा पनि समस्या सिर्जना हुने गरेको उहाँको भनाई छ । त्यस्तै ग्रिल व्यवसायिलाई नियमन गर्ने निकाय नहुँदा झोले व्यवसायिहरुको मनलाग्दी दररेटका कारण पनि सरकारलाई ट्याक्स बुझाएरै व्यवसाय सञ्चालन गरेकाहरु मारमा परेका हुन् ।
संघमा आवद्ध उद्योगहरुले प्रति उद्योग कम्तिमा ५ जना कामदारलाई रोजगारि समेत सिर्जना गरिरहेको भएपनि यस उद्योग प्रति सरकारको ध्यान जान नसक्दा हजारौँको परिवार पालिरहेको व्यवसाय नै धरासायि बन्दै गएको अध्यक्ष पौडेलको भनाई छ ।