कावासोती, कावासोती नगरपालिका वडा नं. ३ को कार्यालयले वडामा सुत्केरि भएका महिलाहरुकालागि पोषण आहार सामाग्रि वितरण गरेको छ ।
वडामा स्थायि रुपमा बसोबास गर्ने एवं सरकारी अस्पतालमा बच्चालाई जन्मदिएका वडाका ९ जना सुत्केरीहरुरलाई ध्यू, मह, अण्डा, च्यवनप्रास लगायतका सामाग्रि घरघरमै पुगेर वितरण गरिएको वडाध्यक्ष डोरमान गिरिले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१,८२को पोषण सुधार सहित विभिन्न शिर्षकमा छुट्याईएको रु १ लाख २० हजार बजेट अन्तर्गत अहिले ९ जना सुत्केरिहरुलाई सामाग्रि वितरण गरिएको उहाँले बताउनुभयो ।