कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती – ८ फलफूल चोकबाट आज बिहान ६ बजेतिरको समयमा प्रहरीले वेवारिसे अवस्थामा ब्याट्री बरामद गरेको छ ।
पूर्व पश्चिम राजमार्गमा सडकको छेउमा विना बिल बेवारिसे अवस्थामा सानो गाडीमा प्रयोग हुने टफबुल नामक ब्याट्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी साहले जानकारी दिनुभयो । ९ थान अन्दाजी मूल्य एक लाख पैतिस हजार रुपैया (रु. १,३५,०००।–) बराबरको सामान बरामद गरिएको सूचना अधिकारी साहले बताउनुभयो ।
बरामद सामग्री आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिवेणी, पठाइएको समेत उहाँले बताउनुभयो ।