हाम्रो खुसी पाठ्यक्रकमको बेसलाइन सर्वे सुरु गरिएको छ ।
हाम्रो खुसी पाठ्यक्रम नेपालमै पहिलो पटक मध्यविन्दु नगरपालिकाले लागु गरेको हो । यस पाठ्यक्रम प्रति अभिभावक , शिक्षक र बिद्यार्थीको प्रतिक्रिया थाहा पाउनका लागी बेसलाइन सर्वे गरिएको हाम्रो खुसी पाठ्यक्रम संयोजक लक्ष्मी पाण्डेले बताउनुभयो । हाम्रो खुसी पाठ्यक्रम लागु हुने कक्षा आठ सम्मका बिद्यार्थीहरु र अभिभावकसँग प्रतिक्रिया लिगिएको पाण्डेले बताउनुभयो ।
बिद्यार्थी अभिभावक र शिक्षक गरि करिव ६०० भन्दा धेरैको बेसलाइन सर्वे गरिने उहाँले बताउनुभयो । सर्वे नगरपालिकाको सबै क्षेत्रलाई सम्मेट्ने गरि बिद्यालयहरु छनोट गरि लिगिने समेत उहाँले बताउनुभयो । बेसलाइन सर्वे भोलिका दिनमा पाठ्यक्रमले पारेको प्रभावकारित पत्ता लगाउन सहज हुनुका सार्थै अहिलेको अवस्थामा यस प्रति धारण थाहा पाउन सहजहुने गर्दछ ।