कावासोती । कावासोती नगरपालिका वडा नम्बर चारले उत्पादनमा आधारित अनुदान वितरण गरेको छ ।
आइतबार वडा अध्यक्ष नारायण प्रसाद लोहनीले कृषि समूह र मासु उत्पादनसँग सम्बन्धित समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
कावासोती चार कृषि क्षेत्रका लागि राम्रो रहेकोले कृषकलाई प्रोत्साहन गर्न र कृषि कर्ममा युवा वर्गलाई समेत आकर्षित गर्न वडाको कार्यक्रममा उत्पादनमा आधारित अनुदान कार्यक्रम गर्दै आएको अध्यक्ष लोहनीले बताउनुभयो । कृषिबालीका तीन वटा समूह र मासु उत्पादनसँग सम्बन्धित पाँच वटा समूहलाई चार लाख बराबरको अनुदान रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । गत वर्ष कृषिबालीमा मात्रै कार्यक्रम रहेकोमा यस वर्ष मासु उत्पादनसँग सम्बन्धित समूहलाई समेत समेटिएको उहाँले बताउनुभयो ।
कृषि क्षेत्रबाट नै वडाको समृद्धि सम्भव रहेकोले कृषिका कार्यक्रमलाई र कृषकलाई हौसला प्रदान गर्न समेत वडाले यस कार्यक्रम गर्दै आएको अध्यक्ष लोहनीले बताउनुभयो । यस कार्यक्रमले यहाँका अन्य कृषक तथा कृषि समूहलाई समेत कृषिमा राम्रो गरेमा वडाबाट अनुदान पाइन्छ भनेर राम्रो गर्नका लागि हौसला दिने उहाँले बताउनुभयो ।