कावासोती । नारायणी नदीको डुवानमा परेर गैँडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेजको क्षेत्र र सुकुम्वासी बस्तीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीले उद्धार गरेको छ ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गैडाकोटको सुकुम्वासी टोलमा फसेका ७७ जनालाई शशस्त्र र नेपाल प्रहरीले उद्धार गरेको बताए । उनीहरु होटल रिभर क्राउन, नारायणी रिसोर्ट र स्थानीय घरहरुमा फसेकाका थिए ।
उनले नारायणीको बाढीले घरडुवानमा परेर निस्कन नसकेकालाई प्रहरीले उद्धार गरी आश्रय दिइएको बताए । पूर्वी नवलपरासी अर्न्तरगत नारायणी नदी किनारका घरहरु बाढीको चपेटामा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले डुवान परेका क्षेत्रमा उद्धारका लागि सेना परिचालन गरिएको बताए ।