मध्यविन्दुको विभिन्न बस्तीमा नारायणी पस्यो , नियन्त्रणको प्रयासमा पालिका र स्थानीय

मध्यविन्दुको विभिन्न बस्तीमा नारायणी पस्यो , नियन्त्रणको प्रयासमा पालिका र स्थानीय

कावासोती । अविरल वर्षाको कारण मध्यविन्दु नगरपालिकाको नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
जोखिम बढेपछि स्थानीयलाई सुरक्षित स्थान तर्फ स्थान्तरण थालिएको र तत्कालका लागि नियन्त्रणको प्रयास समेत सुरु गरिएको छ ।
अबिरल वर्षाले नारायणी नदीमा पानीको सतह बढेर मध्यविन्दु –२ को बलकट्टाबाट नदी बस्ती तर्फ पसेको छ । जसले गर्दा नदी तटीय क्षेत्रको सितापुर, नन्दपुर, भुताह, धजाह लगायतका क्षेत्रका बासिन्दाहरु प्रभावित भएका छन् ।
नदीको वहाव नियन्त्रणका लागि स्थानीय सरकार, संघसंस्थाका प्रतिनिधिहरुको सक्रियतामा तत्कालका लागि पहल सुरु गरिएको छ ।
मध्यविन्दुको अरुणखोला, गिरुवारी खोला, गडार खोला, उल्टीखोला, डण्जर खोला सहित खहरेहरुमा पनि अहिले पानीको वाहव उच्च हुदाँ जोखिम रहेको छ । 
मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले नारायणी र पालिकाभित्रका अन्य नदी खोला आसपासमा बासिन्दालाई सुरक्षित रुपमा रहनका लागि अपिल गर्नुभएको छ । साथै कुनै समस्या भएमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रस, नगर प्रहरी र नगरपालिकाको सचिवालयमा सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।
उहाँले विपद्को समयमा सबै नगरबासीलाई एकबद्ध भई यसको व्यवस्थापनमा सहकार्यका लागि अनुरोध गर्दै छरछिमेक, गाउँ बस्तीमा हुन सक्ने जोखिमको पूर्वानुमान गरी त्यस तर्फ सजक रहनका लागि समेत आग्रह गर्नुभएको छ ।
केही समस्या भएमा उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने छ ः–
१. जिल्ला प्रहरी कार्यालय ०७८५४०१००
२. नगर प्रहरी ९८४१४७४००४
२. नगर प्रमुखको सचिवालय ९८६७१९८३००, ९८६८३३३१५०

ताजा अपडेट

खोजी गर्नुहोस