नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापुर्व ) नवलपुरको त्रिवेणीमा रहको गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । नारायणी नदिमा पानीको सतह उच्च भएसँगै ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।
अविरल वर्षासँगै नारायणी नदिमा आएको बाढीका कारण जल सतह बढेसँगै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । त्रिवेणी स्थित गण्डक ब्यारेजमा अहिले तीन लाख ६५ हजार क्युसेक पानी प्रवाह भइरहेको उहाँले बताउनुभयो । सामान्यतया दुई लाख ५० हजार क्युसेक पानीको प्रवाह पुगेपछि ढोका खोल्नुपर्ने उहाँले बताउनुभयो । गण्डक ब्याजेजमा तीन लाख क्युसेक पानी खतराको सूचक मानिन्छ ।
नारायणी नदिमा आएको बाढीका कारण त्रिवेणी ब्यारेज सहित माथिल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेसँगै ब्यारेजका सबै ढोका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । गण्डकमा पानी थुनिदा माथिल्लो नदी आसपासको क्षेत्रमा डुबानको खतरा बढ्ने गर्दछ ।