विनयी त्रिवेणीमा टिप्परका सहचालक मृत फेला

विनयी त्रिवेणीमा टिप्परका सहचालक मृत फेला

|an Indian or Asian person laying dead with outstretched hand during COVID-19 or corona virus outbreak

कावासोती । नवलपुरको विनयी त्रिवेणीमा टिप्परका सहचालक मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नवलपरासीको बर्दघाट – ६ बस्ने २२ वर्षका सन्दिप भण्डारी रहेका छन् ।
बिनयीत्रिबेणी – २ सातपत्रे स्थित भित्री सडकखण्डमा बिग्रेर रोकी राखेको ना ८ ख ३४८४ नं को टिप्परमा खाना खाई सुतिरहेको अवस्थामा सोही टिप्परको सहचालक भण्डारी शुक्रबार बिहान अचेत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी पुगेर उनलाई उपचारको लागि स्थानिय बिनयीत्रिवेणी आधारभुत स्वास्थ्य चौकीदुम्किबासमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुनै पनि बाहिरी चोट पटक नदेखिएको प्रहरीको भनाई छ । टिप्पर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस