दिपेन्द्र रेग्मी, कावासोती । कावासोतीमा दोस्रो सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बिको महान चाड(पर्व) विजयादशमीको अवसर पारि नवलपरासि(वर्दघाट सुुस्ता पूर्व)नवलपुरको कावासोति १७ मा रहेको सुर्योदय क्लबले दोश्रो पटक सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
युवा वर्गलाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्येश्य सहित आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार ५ सय ५० र उपबिजेता टिमलाई नगद १५ हजार ५ सय ५० सहित विजयि दुवै टिमलाई ट्रफी र मेडल प्रदान गरिने खेल संयोजक दान बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगि टिमहरुले खेल संयोजक सहित क्लबका जोकोहि सम्पर्क व्यक्ति मार्फत आउँदो असोज १५ गते सम्म टिम दर्ता गर्न सक्ने क्लबका अध्यक्ष रोशन दराईले बताउनु भयो ।
प्रतियोगितामा भाग लिनकालागि ३ हजार रुपैयाँ टिम दर्ता शुल्क लाग्ने अध्यक्ष दराईले बताउनुभयो । त्यस्तै खेल समयमा पहेलो र रातो कार्ड पाएका खेलाडिको क्रमशः १ सय र २ सय जरिवाना लाग्ने हुँदा खेलसुरु हुनु अगावै ५ सय रुपैयाँ धरौटि स्वरुप राखिनुपर्ने नियम रहेको र कुनै पनि खेलाडिले कार्ड नपाएमा सो रकम फिर्ता गरिने उहाँको भनाई छ । प्रतियोगिताको असोज १६ गते सरस्वती माध्यमिक विद्यालय, गोछडाको खेलमैदानमा दिउँसो ३ बजे उद्घाटन गर्ने गरि तयारि गरिएको अध्यक्ष दराईले बताउनुभयो । प्रतियोगिताको मिडिया पार्टनर रेडियो कावासोती १०२.६ मेगाहर्ज रहेको छ ।