कावासोती । जितिया पर्वको अवसरमा नवलपुरको चार वटा पालिकाले भोली सार्वजनिक विदा दिएका छन् ।
जिल्लाको कावासोती , मध्यविन्दु , देवचुली र गैंडाकोट नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा भोली पालिका अन्तरगतका सबै सरकारी कार्यालय , शैक्षिक संघसंस्था तथा सार्वजनिक संस्थाहरुमा विदा दिईएको जनाएका छन् ।
विदा दिएका पालिकाहरुमा थारु समुदायको बाहुल्यता रहेका कारण उनीहरुको प्रमुख चाडका रुपमा जितिया रहेकोले जितियाको अवसरमा सार्वजनिक विदा दिईएको हो । थारु महिलाहरुको प्रमुख चाडका रुपमा जितिया पर्व मानिन्छ ।
जितियाको अवसरमा नवलपुरका विभिन्न ठाउँहरुमा झम्टा प्रतियोगिता तथा विभिन्न सास्कृतीका र खेलकुदका कार्यक्रमहरु समेत आयोजना भइरहेका छन् ।