चौथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले उचाल्यो

चौथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले उचाल्यो

चौथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले उचाल्यो
कावासोती ।
थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा कावासोती १२ राजमन्दिर खेल मैदानमा सञ्चालन भएको सेन्ट्रल कलेज चौथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले उचालेको छ ।
भरतपुर २३ जगतपुर फुटबल क्लबलाई तीनशुन्य गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च रजहरले जीत निकालेको हो । अभिषेक चर्चका लागि जर्सी नम्बर ७ की अस्मिता महतो , जर्सी नम्बर १० की मीना देउवा र जर्सी नम्बर ११ की विर्सना चौधरीले गोल गरेका हुन ् ।
सोमबारको म्यान अफ दि म्याच अभिषेक चर्चकी मीना देउवा हुन सफल भइ पुरस्कृत हुनुभयो भने , प्रतियोगिता अवधीभरको सर्वाधिक गोल कर्ता अभिषेक चर्चकै विर्सना चौधरी , उत्कृष्ट खेलाडीमा पनि अभिषेक चर्चकै सलिना सारु सफल भएर पुरस्कृत हुनुभयो ।
प्रथम हुँदै अभिषेक चर्च रजजहरले ५५ हजार नगद, शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो हुने जगतपुरले ३५ हजार नगद , शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सेमी फाइनलमा प्रवेश गरेको दुई टिमलाई दशदश हजार नगद प्रदान गरिएको छ ।
कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण तथा प्रतियोगिताको समापन सोमबार गरिएको छ ।
खेल संयोजक रण बहादुर थनेतको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती १२ का अध्यक्ष धु्रव खनाल ( दिपेश) ले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कावासोती १२ ले खेल क्षेत्रको विकासका लागि निरन्तर रुपमा यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो । उहाँले यस प्रतियोगिता प्रतियोगितामा मात्रै सिमित नरही महिला खेलाडीहरू र यस क्षेत्रका महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तीकरणमा पनि टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान , विभिन्न वडाका अध्यक्षहरु वडा सदस्यहरु स्थानीय सामाजिक अगुवाहरु त्था विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममाअम्बिका तिवारीले सहजीकरण गर्नुभएको थियो ।
डायमण्ड युथ सोसाइटी कावासोती १२ राजमन्दिरले महिला खेलाडीहरुको हौसला प्रदान गर्न र खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्न मदत गर्ने उदेश्यले विगत चा वर्षदेखी प्रतेक वर्ष महिला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले बताउनुभयो ।
यसैबीच कार्यक्रममा थारु समुदायका विभिन्न महिला समूहबाट झाम्टा नृत्यु र गीत समेत प्रस्तुत गरिएको थियो । थारु समुदायको कला संस्कृती संरक्षण गर्नक लागि जितियाको अवसरमा गाइने र नाचिने झाम्टालाई संरक्षण गर्नक लागि झाम्टा गीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम राखिएको डायमण्ड युथ सोसाइटीका अध्यक्ष लिलामणी खनालले जानकारी दिनुभयो । झाम्टा प्रस्तुत गर्ने समूहलाई वडा नम्बर १२ को तर्फबाट सम्मानपत्र र नगद समेत प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस