नवलपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ५ सय २३ जनशक्ति परिचालन गरिने

नवलपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ५ सय २३ जनशक्ति परिचालन गरिने

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले  चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेपछि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको हो ।

जिल्ला सुरक्षा समितिले पारित गरेका  योजनाहरूमा योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षा चाडपर्वको अवधि भर सवारी दुर्घटना, ट्राफिक नियमको उल्लङ्घन, अवैध सामाग्री, लागूऔषध, पटका  ओसार पसार लगायतका गतिविधि रोकथामलाई प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभएको छ । जसका लागि नेपाल प्रहरीको तर्फबाट ३ सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट १ सय ७८ जना जनशक्ति परिचालन गरिने  प्रजिअ पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन समेत तीव्र पारिएको छ ।
नवलपुर आजसँगको कुराकानीमा प्रजिअ पोख्रेलले जिल्लामा परिचालन गरिने सुरक्षाकर्मीको सङ्ख्या प्रयाप्त हुने बताउनुभयो । त्रिवेणीदेखि पहाडी  क्षेत्र ठूलो क्षेत्र र भौगोलिक  एकरूपता नहुँदा सुरक्षा समितिले पारित गरेको सुरक्षाकर्मीको सङ्ख्या प्रयाप्त नहोला की भन्ने प्रश्नमा प्रजिअ अधिकारीले विगतका अनुभव समेतलाई हेरेर सङ्ख्या तय गरिएकाले त्यसो नहुने बताउनुभएको छ ।
यस्तै नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेका कारण यस  सडक  खण्ड भएर आवतजावत गर्ने यात्रुले सास्ती भोग्न नपरोस् भनी आयोजनासँग सडकको खाल्डाखुल्डी पुरेर  मर्मत गर्ने विषयमा छलफल समेत भएकोले दशैँसम्म बाटो सुधार हुने उहाँको भनाई छ । जसका लागि प्रशासनको तर्फबाट ताकेता भइराखेको पोख्रेलले बताउनुभएको छ ।
यस्तै चाडपर्वलाई  लक्षित गर्दै यात्रु सहायता कक्षको स्थापना गरेर सवारी चढ्ने ओर्लने ठाउँहरूमा कुै पनि प्रकारको समस्याहरू भएमा सहायता कक्षमा  तैनाथ रहने सुरक्षाकर्मीहरूले त्यहाँ समन्वय गर्ने बताउनुभयो । उहाँले  चाडपर्वका बेलामा  जिल्लाका जुनसुकै स्थानमा हुन सक्ने सम्भाव्य अप्रिय घटनाहरू हुन नदिनका लागि प्रहरी , प्रशासन सक्रिय भएर लाग्ने उहाँले बताउनुभयो । 

ताजा अपडेट

खोजी गर्नुहोस