प्रकाश रेग्मी ,चोरमारा । मध्यविन्दु नगरपालिका भित्रका २ वटा सामुदायिक विद्यालयमा आइतबार ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला बाल क्लबको आयोजना सँगै सामाजिक विकास कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। जिल्ला बाल क्लबका सह सचिव रितु घर्तिको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा प्रशिक्षण जिल्ला ट्राफिक कार्यलयका विनोद जोशीले दिनु भएको थियो ।
किशोर किशोरी अवस्थाका विद्यार्थीहरूलाई लक्षित गरि आयोजना भएको ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक नियम बारे जानकारी गराउनुका साथै अहिले दिनप्रतिदिन बढ्दै गएको दुर्घटनाको कारण र यसलाई रोकथाम गर्ने उपाय बारे जानकारी गराइएको थियो । नवजागरण नमुना माध्यमिक विद्यालय मध्यविन्दु ७ चोरमारा र नेपाल लोक सेवा माध्यमिक विद्यालय मध्यविन्दु ९ बसन्तपुरका कक्षा ११ र १२ का १५० जना भन्दा धेरै विद्यार्थीलाई सचेतना दिइएको मध्यविन्दु नगर बाल सञ्जाल अध्यक्ष एवं जिल्ला बाल सञ्जाल सदस्य प्रविण रेग्मीले जानकारी दिनु भयो ।