दिपेन्द्र रेग्मी, कावासोती । नवलपुरको देवचुलिमा सञ्चालन रहेको चौधरी ग्रुप सिजिले व्यावसायिक सामाजिक जिम्मेवारी सीएसआर मा ३ करोड भन्दा बढि रकम खर्च गरेको अपुष्ट विवरण बुझाएको छ ।
कम्पनिले सिएसआर समयमै नबुझाएपछि नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ ले गत साउन २७ गते १५ दिनभित्रमा सीएसआर अन्तर्गत भएका कार्यहरु र यस वर्ष गरिने कार्यहरुको जानकारी गराउन सिजि कम्पनिसँग पत्र मार्फत माग गरेको थियो ।
पत्रको जवाफमा ३ करोड बढि खर्च गरिएको सामान्य विवरण मात्र पत्र मार्फतनै वडाकार्यालयलाई जानकारी गराएको तर बुझाएको विवरण अपुष्ट रहेको देवचुलि २ का वडाध्यक्ष शरद प्रससाद घिमिरेले बताउनुभयो ।
चौधरी उद्योगबाट निस्किने विभिन्न प्रदुषणका कारण समस्यामा रहेका स्थानीयलाई राहत पुग्ने गरि सीएसआरमा पछिल्लो आर्थिक वर्षमा वडामा भएका खर्चकाबारे कम्पनिले वडा कार्यालयमा जानकारी नगराएकोमा १५ दिनभित्र जवाफ नआए कारवाहिको प्रक्रिया नै अगाडि बढाउने बताएपछि कम्पनिले पत्रको जवाफ फर्काएको हो ।
कम्पनिले विभिन्न विद्यालय, विद्यार्थि एवं सामाजिक संघसंस्थाहरुमा गरि ३ करोड बढि खर्च गरेको भन्ने जानकारी गराउँदै यस विषयमा पछि छलफल गरौँला भन्ने आशय प्रकट गरेको घिमिरेले बताउनुभयो ।
बजारको आर्थिक मन्दिलाई देखाउँदै कम्पनिको व्यवसाय समेत खस्किएको हुँदा वडा कार्यालयलाई दिन्छु भनेको रकम पछि उपलब्ध गराउने जानकारी दिएको उहाँले बताउनुभयो । औद्योगिक व्यवसाय नियमावली २०७८ को नियम ९४३० को उपनियम ९३० मा उपनियम ९१० बमोजिमको क्षेत्रमा खर्च गर्न छुट्याइएको वार्षिक रकमको कम्तिमा ५० प्रतिशत रकम सम्बन्धित उद्योगबाट प्रभावित क्षेत्रमा खर्च गरि सोको जानकारी उद्योग दर्ता गर्ने निकायमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।
उता सिजि कम्पनिका जनरल म्यानेजर रामकाजि सिटौलाले भने कम्पनिको कुनैपनि विषयमा आँफुले बोल्न नमिल्ने बताउनुभएको छ ।