कावासोती । बाताबरण संरक्षण र फोहोरको दिगो ब्यबस्थापन सचेतनाको लागि फोहोर टिप्ने र जित्ने प्रतियोगिता कावासोतीमा भोली हुने भएको छ ।
नवलपुरमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको हो ।
भोली बिहान ७ बजेबाट कार्यक्रम सुरु हुनेछ । कावासोती १२ पिठौली चोकबाट सुरुवात गरि एकादशी मेला लाग्ने चौर र नारायणी किनार हुँदै नौनिघाटको मन्दिर परिसरसम्म सरफाई प्रतियोगिताको क्षेत्र तोकिएको छ ।
नेपाल र बिश्वका धेरै मुलुकमा मानिसहरुको शारीरिक रूपमा तन्दुरुस्त र सामाजिक काममा बाताबरण संरक्षणको लागि यो अभियानहरु गरिरहेको सन्दर्भमा कावासोती १२ ले पनि आफ्नो क्षेत्र भित्र पर्ने नारायणि नदिलाई केन्द्रमा राखी यो अभियान सुरु गरेको वडा अध्यक्ष धु्रव खनाल ( दिपेश ) ले जानकारी दिनुभयो ।
निश्चित दुरि निश्चित समयमा पूरा गरि धेरै फोहोर टिप्ने बालबालिका र अन्य ब्यक्तिहरुलाई प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कारको समेत ब्यबस्थापन गरिएको छ
प्रथम पुरस्कारः रु तीन हजार , दोस्रो पुरस्कार रु दुई हजार र तेस्रो पुरस्कार रु एक् हजार रुपैयाँ रहेको छ ।
फोहोर संकलनको लागि आवश्यक झोला, मास्क, ग्लप्सहरु अयोजकले नै उपलब्ध गराउने छ ।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपाल , डायमण्ड युथ सोसाइटी , पिठौली चौर युवा समिति लगायतका संघसंस्थाको समन्वय र सहकार्य रहेको छ ।