चौथो जितिया कप महिला फुटबल प्रतियोगिता: राप्ती नगरपालिका विजयी

चौथो जितिया कप महिला फुटबल प्रतियोगिता: राप्ती नगरपालिका विजयी

कावासोती ।  थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा कावासोती १२ राजमन्दिर खेल मैदानमा बिहीबारबाट सुरु भएको सेन्ट्रल कलेज चौथो जितिया कप महिला फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा चितवनको राप्ती नगरपालिका विजयी भएको छ ।
अरुणोदय सामुदायिक प्रतिष्ठान मध्यबिन्दु र राप्ती नगरपालिका बीच भएको खेलमा राप्तीले दश शुन्यको फराकिलो गोल अन्तरले अरुणोदय सामुदायिक प्रतिष्ठानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबारको खेलमा राप्ती नगरपालिकाकी झरना राई म्यान अफ दि म्याच हुनुभएको छ ।
शनिबार रड्स रामपुर र जगतपुर फुटबल क्लब बीच प्रतिस्पर्धा हुने डामण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।
नवलपुर र चितवनबाट ६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार रुपैयाँ , द्वितीय हुने टिमले नगद ३५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । भने , सेमिफाइनलमा पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ प्राप्त गर्ने सचिव थनेतले जानकारी दिनुभयो ।
प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस