रोटरी क्लब अफ गैडाकोटद्धारा कारागारमा पुस्तक हस्तान्तरण

  • नवलपुर आज
  • २०८१ आश्विन ४, शुक्रबार (७ महिना अघि)
  • २५८ पटक पढिएको
रोटरी क्लब अफ गैडाकोटद्धारा कारागारमा पुस्तक हस्तान्तरण

रोटरी क्लब अफ गैडाकोटको आयोजनामा कारागार कार्यालय भरतपुर चितवनका कैदीरबन्दीहरुका लागि पुस्तक हस्तान्तरण कार्यक्रम शुक्रबार भएको छ ।
उक्त कार्यक्रममा कानुन साहित्य र सकारात्मक सोच अभिवृद्धि गर्ने किसिमका करिब १५० भन्दा बढी पुस्तक हस्तान्तरण गरिएको थियो । सो कार्यक्रमका लागि बिभिन्न व्यक्तिहरूले पुस्तक सहयोग गर्नुभएको थियो । बिभिन्न परिबन्दले कारागारमा रहनु परे पनि सकारात्मक सोचका साथ आफूलाई सुधार गरी समाजमा सहज पुनर्स्थापनाका लागि सहयोग पुगोस् भनी उक्त कार्यक्रम राखिएको हो ।
कारागार कार्यालय परिसरमा शुक्रबार बिहान सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष रोटरियन अधिवक्ता रमेश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा रोटरी इन्टरनेशनल ३२९२ का एसिस्टेन्ट गर्भनर अशोक कुमार बस्नेत रहनु भएको थियो ।

कार्यक्रममा जेलर कमलप्रसाद आचार्य ,रोटरी क्लब अफ गैडाकोटका पूर्व अध्यक्षहरू तथा कारागारका सुरक्षा प्रमुख, चौकीदारहरू र बन्दीहरू लगायतको उपस्थिति रहेको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस