गैडाकोटमा सवारी दुर्घटना : दुई जना घाईते

गैडाकोटमा सवारी दुर्घटना : दुई जना घाईते

कावासोती ।  नवलपुरको गैडाकोट नगरपालिकामा आज दिउसो भएको सवारी दुर्घटनामा परेर दुई जना घाईते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारी अनुसार आज दिउसो १२ः३० बजेको समयमा  गैडाकोट –४ सापकोटा चोक स्थित भित्री सडक खण्डमा सानो जनकबाट झपर्दी तर्फ जाँदै गरेको ना ५२प३३५३ नम्बरको स्कुटर र विपरित दिशाबाट आउदै गरेको बा १६ च ९८८७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा स्कुटर चालक गैडाकोट –५ बस्ने बर्ष ३५ का सरोज शर्मा र कार चालक गैडाकोट– ८ विजय चोक बस्ने वर्ष ४८ का श्रीहरि चालिसे घाईते भएका हुन् । घाइतेहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस