नवलपुरमा स्पिड र्याडरगनबाट सवारीकाे गति जाँँच गर्दै ट्राफिक प्रहरी

नवलपुरमा स्पिड र्याडरगनबाट सवारीकाे गति जाँँच गर्दै ट्राफिक प्रहरी
नवलपुर । नवलपुरमा सवारीकाे तिब्र गति नियन्त्रणका लागि ट्राफिकले अभियान सुरु गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले र्याडर गन मार्फत सवारीकाे गति जाँच सुरु गरेको हाे।
तिब्र गतिकाे कारण हुने सवारी दुर्घटनालाई राेकथाम तथा न्यूनीकरणकाे लागि अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जनकराज बञ्जराले बताउनुभयो ।
पहिलाे दिन पूर्वपश्चिम राजमार्गमा र्याडरगन मार्फत सवारीकाे गति नापीएकाे छ। करिब ७५ वटा सवारीकाे गति मापन गरिएकाे छ। पहिलोपटक जिल्लामा सवारीकाे गति जाँच गरिएकोले तिब्र गतिमा चलाउनेलाई सम्झाएर छाडिएको प्रहरी निरिक्षक बञ्जराले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा स्पिड र्याडर गनद्वारा सवारीकाे गति जाँच गरिने र तिब्र गतिमा चलाउनेलाई नियमानुसार कारवाही गरिने उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्ने मुख्य उधेश्यले गति मापन सुरु गरिएको उहाँको भनाइ छ। उहाँले चालकहरूलाई गति सिमित राख्न र ट्राफिक नियम पालन गर्न अनुरोध समेत गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस