कावासोतीमा १० मा लुकेको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

कावासोतीमा १० मा लुकेको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

कावासोती ।  ६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर कावासोतीमा आइतबार , लुकेको प्रतिभा प्रस्फुटन , ( हिडन टेलेन्ट सो ) कार्यक्रम आयोजना गरिएको छ ।
कावासोती १० नम्बर वडाको आयोजना तथा वडा बाल सञ्जालको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नृत्य , गायन र बोल्ने कला गरि तीन विद्यामा प्रतियोगिताको आयोजना गरिएको थियो ।
नृत्यतर्फ आस्था बस्नेत प्रथम , मीड पोइन्ट स्कुल टिम द्धीतीय र सुस्मिता सोमै मगर तृतीय भएका छन् । गायनतर्फ जोयल घर्ती मगर प्रथम , राहुल अधिकारी द्धीतीय र आयुश पन्थी तृतीय भएका छन् । यस्तै बोल्ने कलातर्फ वर्षा पोख्रेल प्रथम र राहुल अधिकारी तृतीय भएका छन् ।
वडा बाल सञ्जालका अध्यक्ष आयुश पन्थीको अध्यक्षता तथा जिल्ला समन्वय समिति उपप्रमुख सकुन्तला लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि लम्सालले सानासाना बालबालिकाहरूले आफूभित्र लकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि यस किसिमको कार्यक्रमबाट टेवा पुग्ने बताउनुभयो । उहाँले बालबालिकामा रहेका विभिन्न प्रतिभालाई उजागर गर्ने वातावरण यस्ता कार्यक्रमले नै प्रदान गर्ने बताउनुभयो । उहाँले बाल दिवसको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले अन्तरनिहित प्रतिभालाई उजागर गरेको बताउनुभयो ।
वडा अध्यक्ष टेक नारायण महतोले आजका बालबालिका नै भोलि देशको सिवश्य हुने हँदा उनीहरुभित्र रहेको प्रतिभाबाट आफ्नो गाउँठाउँलाई देश विदेशमा समेत परिचित बनाउन सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै जनता मावि मगरकोटका प्रअ मनोज कुमार श्रेष्ठले बालबालिकाहरू नै सक्रिय भएर यसरी भव्य कार्यक्रम गर्न सफल हुनु नै आफैमा ठूलो उपलब्धी रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण तिमिल्सिना , विद्यालयका सहायक प्रअ नेत्र बहादुर महतो , लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको निर्णयकमा जनता माविका शिक्षक डोलमाया रोका र मीड पोइन्ट इलिस स्कुलका सन्जु चौधरी रहनुभएको थियो ।
कार्यक्रममा परिक्षित अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने , कावासोती नगर बाल सञ्जालकी अध्यक्ष एलिसा पन्थीले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस