प्रतियोगितामा सिद्धार्थ आवासीय माविका छात्रा जेनिसा सिँजाली मगर प्रथम भएकी छन् । जीवनज्योति माविका छात्र प्रदिप महतो द्वितीय र समता स्कुलकी छात्रा सोणीमाया तामाङ तृतीय भएकी छन् ।
प्रतियोगितामा वडा भित्र रहेका ६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

आदर्श नमुना बाल क्लबको आयोजना तथा कावासोती ३ वडा कार्यालयको समन्वयमा प्रतियोगिता भएको हो । क्लबका अध्यक्ष अङ्कित सुवेदीको अध्यक्षता तथा वडा अध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्यहरू ऋषि बस्ताकोटी , सावित्री रमाइली , बसन्ती कुँवर , शिक्षकहरू र बालबालिकाहरूको सहभागिता रहेको थियो ।
बाल दिवसको अवसर पारेर बाल अधिकारी , बाल हिंसा विरुद्ध , र बालबालिकाका सम्बन्धी विभिन्न सचेतना जगाउने खालका चित्रकला विद्यार्थीले बनाएका थिए ।
प्रतियोगिताको निर्णयकमा विष विज्ञ शान्ता राहादि मगर, मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक मुक्तिनाथ ढकाल र नगरपालिकाको तर्फबाट गोमा पौडेल रहनभएको थियो ।