थारू समुदायको परमपरागत खेल भोदी खेल प्रतियोगिता कावासोतीमा भोलीदेखि सुरु हुने

थारू समुदायको परमपरागत खेल भोदी खेल प्रतियोगिता कावासोतीमा भोलीदेखि सुरु हुने

कावासोती ।  नवलपुरको कावासोतीमा भोलीबाट थारू समुदायको परमपरागत खेल भोदी खेल प्रतियोगिता सुरु हुने भएको छ ।
थारू समुदायको अनन्त पर्व र थारू नारीहरूको महान पर्व जितिया पर्वको अवसर पारेर कावासोती १२ राजमन्दिर खेल मैदानमा भोदी खेल प्रतियोगिता हुन लागेको हो ।
कावासोती १२ मा रहेको डायमण्ड युथ सोसाइटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको आवश्यक सबै तयारी पुरा भएको डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । अहिलेसम्म २५ भन्दा बढी टिमले सहभागिताका लागि दर्ता गरिसकेको उहाँले बताउनुभयो । प्रतियोगिता भोली बिहान नौ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद , ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ , द्धीतीय हुनेले १७ हजार नगद , ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ , तृतीय हुनेले ७ हजार नगद, ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । भने, सान्त्वना हुनेले ३ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने सचिव थनेतले जानकारी दिनुभयो ।
यस्तै उत्कृष्ट खेलाडी लाई समेत विषेश पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
थारू समुदायको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संस्थाले प्रतेक वर्ष थारू समुदायको पर्वहरूको अवसर पारेर विभिन्न परम्परागत खेलहरूको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष लिलामणि (महेश) खनालले बताउनुभयो । संस्थाले विषेश गरेर खेल क्षेत्रको विकासका लागि विभिन्न खेलकुदका कार्यक्रम समेत गर्दै आएको उहाँले बताउनुभयो । महिला फुटबल , नगरपालिका स्तरीय विभिन्न खेलकुदका कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । संस्थाले समुदायका विभिन्न सामाजिक कार्यहरूमा समेत हातेमालो गर्ने गरेको खनालले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस