कावासोतीको विष्णुनगरमा असाेज १५ देखि दशैं मेला लाग्ने

कावासोतीको विष्णुनगरमा असाेज १५ देखि  दशैं मेला लाग्ने

नवलपुर । नवलपुरको कावासोतीमा दशैँ मेला लाग्ने भएको छ । कावासोतीको विष्णुनगरमा  दशैँ मेला संचालन हुने भएको हो । कावासोती नगरपालिका–६,मा रहेको प्रतिभा युवा क्लबले विष्णुनगर स्थित चौरमा दशैँ लक्षित गरि  प्रथम विष्णुनगर दशैं  मेला लगाउने तयारी गरेको क्लबका अध्यक्ष सोवित रानाले बताउनुभयो ।

आउँदो असोज १५ गतेदेखि २५ गतेसम्म दशैं  मेला लाग्ने अध्यक्ष रानाले बताउनुभयो । एघार  दिन सम्म चल्ने मेलामा सांस्कृतिक कार्यक्रम सहित विभिन्न प्रकारका सामाग्रीका स्टलहरु समेत रहने अध्यक्ष रानाले बताउनुभयो । राष्ट्रिय ख्यातिप्राप्त तथा  स्थानीय कलाकारको दैनिक प्रस्तुती सहितका विभिन्न कार्यक्रमहरु मेलामा संचालन गरिने उहाँले बताउनुभयो ।

प्रथम विष्णुनगर दशैँ मेलाबाट ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको प्रर्वद्धन, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको मेला संयोजक झविन्द्र काफ्लेले बताउनुभयो । मेलाले युवाहरूको क्षमता विकासमा मसमेत सहयोग पुग्ने क्लबका सचिव पवन भुर्तेलले बताउनुभयो । प्रतिभा युवा क्लबले यस अघि पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आएकोमा अहिले थप व्यवस्थित रुपमा ११ दिन  सम्म कार्यक्रमहरू संचालन गर्न लागिएको उहाँले  बताउनुभयो ।

लामा बालबालिका लक्षित उद्यान समेत रहनेछन् । मेलाबाट संकलित रकमबाट प्रतिभा युवा क्लबको  भवन निर्माण गर्ने साथै सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष रानाले बताउनुभयो ।

एघारदिन सम्म चल्ने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा प्रवेश शुल्क एक सय राखिएको छ । विद्यार्थीका लागि परिचयपत्रको आधारमा असी र ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस