कावासोतीमा करेन्ट लागेर एक जना घाईते, त्रिवेणीमा महिलाको वेवारिसे शव फेला

कावासोतीमा करेन्ट लागेर एक जना घाईते, त्रिवेणीमा महिलाको वेवारिसे शव फेला

कावासोती ।   नवलपुरको कावासोतीमा करेन्ट लागेर एक जना घाईते भएका छन् ।
कावासोती – १७ गोर्सती बस्ने बर्ष ५१ को लाल बहादुर कार्की दवदवेको रुखमा चढी घाँस काट्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याइएकोमा तत्कालै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । अवस्था सुधारउन्मुख रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै सूचना अधिकारी पहरी नायक उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
यसैबीच नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । आज बिहान साढे दश बजेतिरको समयमा शव फेला परेको हो ।  अन्दाजी  बीस बाइस वर्षको जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
केही दिन अघि मर्स्याङ्दीमा भारतीय बस दुर्घटना हुँदा एक जना बीस बाइस वर्षकी महिला फेला नपरेकोले ,तीनै महिला हुन भनी दूतावाससँग सम्पर्क गरि हुलियाको फोटो पठाएको तर अहिले सम्म सनाखत सूचना अधिकारी पहरी नायक उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस