मध्यविन्दुको वार्षिक प्रगति समीक्षा सम्पन्न

  • नवलपुर आज
  • २०८१ भाद्र १५, शनिबार (१० महिना अघि)
  • ३६६ पटक पढिएको
मध्यविन्दुको वार्षिक प्रगति समीक्षा सम्पन्न

प्रकाश रेग्मी ,चोरमारा  । मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गरेको छ ।

नगरपालिकाको  कार्यालय ,शाखाबाट सम्पन्न भएका कार्यहरूको  प्रगति समीक्षा शुक्रबार नगरपालिकाको सभा हलमा भएको हो । 

एउटा शाखाले गरेको राम्रो काम आर्को शाखाले सिक्न मिल्लुस भन्ने हेतुले प्रगति समीक्षाको आयोजना गरिएको मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो  ।

समीक्षा कार्यक्रममा बोल्नुहुदै मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले आफू नियमित रुपमा नगरको विकासमा लागी परिरहेको उल्लेख गर्दो जनप्रतिनिधि कर्मचारी दुवै मिलेर काम गरे समृद्ध मध्यविन्दु खुसी नगरवासीको परिकल्पना पुरा हुने बताउनु भयो ।

कार्यक्रममा नगरपालिका भित्रका शाखा प्रमुखहरूले आफ्नो शाखाको वार्षिक प्रगति बारे जानकारी दिनु भएको थियो । साथै उहाँहरूले शाखाको अवसर र चुनौतीबारे समेत स्पष्ट पर्नु भएको थियो ।

समीक्षा कार्यक्रममा कार्यपालिका सदस्यहरूले सल्लाह सुझाव पेश गर्नु भएको थियो । समीक्षा कार्यक्रममा नगर उप प्रमुख पूर्णकला चौधरी , वडा अध्यक्षहरू ,कार्यपालिका सदस्य, विभिन्न शाखाका शाखा प्रमुख लगायतको उपस्थित रहेको थियो। 

ताजा अपडेट

खोजी गर्नुहोस