कावासोती अन्तर विद्यालय खुला तीज गीत प्रतियोगितामा शिव नमुना मा.वि.प्रथम

कावासोती अन्तर विद्यालय खुला तीज गीत  प्रतियोगितामा शिव नमुना मा.वि.प्रथम

कावासोती ।  नवलपुरको कावासोतीमा आयोजना भएको अन्तर विद्यालय स्तरीय खुला तीज गीत प्रतियोगितामा शिव नमुना माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी सिद्धार्थ आवासीय माविले दोश्रो स्थान , नोवेल एकेडेमीले तेश्रो स्थान र जनता मावि सहिद नगरले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रथम स्थान हासिल गर्नेले दुई हजार नगद र सम्मान पत्र प्राप्त गरेको छ । यस्तै दोश्रो स्थान हासिल गर्नेले १५ सय नगद र सम्मान पत्र प्राप्त गरेको छ । तेश्रो स्थान हासिल गर्नेले एक हजार नगद र सम्मानपत्र प्राप्त गरेको छ भने , सान्त्वना हुनेले सात सय नगद र सम्मानपत्र प्राप्त गर्न सफल सफल भएको स्रोत शिक्षक तीर्थराज कंडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा पालिका भित्रका सरकारी एवं निजी गरेर २४ वटा विद्यालयबाट सहभागिता रहेको थियो ।

कावासोती नगरपालिका वडा नं. ३ मा अवस्थित सिद्धार्थ आवासीय मा.वि.को प्राङ्गणमा प्रतियोगिता भएको हो । कावासोती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता भएको हो ।
सिद्धार्थ आवासीय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराज भुत्र्यलको अध्यक्षता तथा उपप्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सम्बोधन गर्दै नगर उपप्रमुख थनेले विद्यार्थीहरूले नेपाली कला संस्कृतिको जगेर्ना गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय निस्किएका भड्किला तीज गीतले समुदायमा नराम्रो असर पारेको चार्चा गर्दै मौलिक तीज गीत र विकास निर्माण र सचेतना मूलक गीतहरू मार्फत् समुदायलाई सुसूचित गर्न उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा कावासोती तीनका अध्यक्ष डोरमान गिरी , शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी , स्रोत शिक्षक तीर्थराज कंडेल , सिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहाल , लगायतको आतिथ्यता रहेको थियो । भने विभिन्न विद्यालयका प्रधानाध्यापकहरू , शिक्षक , विद्यार्थी , अभिभावक तथा सरोरकारवाला लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको निर्णायकमा कमला राना मगर , देवीमाया घिमिरे , रुनादेवी महतो रहनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस