कावासोती । इन्टरनेशनल ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा कावासोतीमा शुक्रबार १५ औँ स्थापना दिवस तथा तीज विषेश कार्यक्रम भएको छ ।
कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले तीजको अवसरमा पछिल्लो समय फजुल खर्च गर्ने प्रवित्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले सौन्दर्य पेशाले धेरै महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर , सक्षम र दक्ष बनाउन मदत गरेको बताउनुभयो । उहाँले सौन्दर्य कर्मीहरूले तीज पर्वमा फजुल खर्च नगरीकन सीप सिकेर आयआर्जनमा जोडदिनुपर्छ भन्ने सन्देश दिने गरि आफ्ना कार्यक्रम गर्न र सजग बनाउन उहाँले आग्रह गर्नुभयो । नगरपालिकाको तर्फबाट पनि विभिन्न सीप मूलक कार्यक्रमहरू प्रदान गर्दै आएको र ब्युटिसियन तालिमलाई पनि प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले वेसिक मात्रै नभइ एडभान्स तालिम समेत उपलब्ध गराउनका लागि आफूले सोच बनाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य विष्णु पाण्डे , टेड युनियनका केन्द्रिय उपाध्यक्ष ललित कुमार श्रेष्ठ , टेड युनियनका केन्द्रिय सदस्य इन्द्र बहादुर महतो , टेड युनियनका प्रदेश उपाध्यक्ष गोपाल बस्ताकोटी , नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा सभापति बाबुराम कंडेल , माला ब्युटी एसोसियसन अध्यक्ष विमला रिजाल लगायत नवलपुर र छिमेकी जिल्ला चितवनका सौन्दर्यकर्मी सङ्गठनका प्रमुख प्रतिनिधि तथा ब्युटिसियनहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले तीजको महत्व र मौलिक तीजका विषयवस्तुलाई जोड दिदैँ , तीजको मौलिकतालाई पनि जोगाइ राख्दै समय सापेक्ष आफूहरूलाई परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न सास्क्ृतीक कार्यक्रमका साथै तीज गीत प्रस्तुत र नृत्यको कार्यक्रम पनि भएको थियो ।
इन्टरनेशनल ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका प्रिन्सिपल खगीसरा लामिछाने ( पुनम ) को अध्यक्षतामा भएको कार्यक्रममा कावासोती ब्रान्चका मुख्य प्रशिक्षक सुनिता ढकालले स्वागत गर्नुभएको थियो । भने राधिका भुसालले सहजीकरण गर्नुभएको थियो ।