कावासोती । नवलपुरको विनयी त्रिवेणी – ७ रानिनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्की भित्र निस्सासिएर तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसारका स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र काम गर्ने क्रममा विनयी त्रिवेणी –७ का ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस भएका थिए । उनीहरुलाई उद्धार गरी अस्पताल लगिएको थियो । तीनै जनाको उपचारको क्रममा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो । घटना आज बिहान ११ बजे भएको हो ।
बेहोस अवस्थामा रहेका उनीहरुलाई भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको पौडेलले बताउनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भई रहको प्रहरीले जनाएको छ मृतक मध्य दुई जनाको शव भीम अस्पताल भैरहवा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल पश्चिम नवलपरासीमा छ ।