जनक माकिम मगर , कावासोती-१,बालुवाडाँडा !
ए भ्युटावर
खै कहाँछन तिम्रा अभिभावक ?
अनाथ वालबालिकाले त
पाउँथ्यो अनाथाश्रमको साथ ।
मनकारिको हात पाउँथ्यो
चर्को घाम छेक्ने रात पाउँथ्यो ।
भलाकुसारी गर्न बात पाउँथ्यो
सहयोगिहरुको साथ पाउँथ्यो ।
पिर ब्यथा बेच्नलाई बजार-हाट पाउँथ्यो
धेर-थोर भएपनी त राहत पाउँथ्यो ।
अहिले त तिमी फोहरको डङ्गुर भएछौ
अभिभावक भनाउँदाहरु बङ्गुर भएछौ ।
ए बालुवा डाँडाको भ्युटावर तिमी
रहेछौ अभागी ।
हुँदैछ मजाक
खै कहाँछन तिम्रा अभिभाभक ??