कावासाेतीमा स्कुल बसका चालक र सहचालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना

कावासाेतीमा स्कुल बसका चालक र सहचालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना

नवलपुर । नवलपुरकाे कावासाेतीमा स्कुल बसका चालक र सहचालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना प्रदान गरिएको छ।
कावासाेती नगरपालिकाकाे आयाेजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरकाे प्राविधिक सहयाेगमा नगर भित्र रहेका विधालयका बस चालक र सहचालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना प्रदान गरिएको स्राेत शिक्षक तीर्थ कंडेलले बताउनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्य,प्रहरी सहायक निरिक्षक कृष्ण पाेखरेलले सडकमा सवारी चलाउदा ध्यान दिनुपर्ने विषय, विधार्थी चढाउदा, उतार्दा अपनाउनुपर्ने सावधानीकाे विषय समग्रमा ट्राफिक नियमकाे पालना गर्नुपर्ने विषयका सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियाे । साे क्रममा सिट क्षमता भन्दा धेरै विधार्थी राख्न नहुने विषयमा समेत सचेत गराइएको थियाे।

चालक सहचालकले भने विधार्थी धेरै चढ्ने विषयमा विधालय प्रशासनले ध्यान दिनुपर्ने र आफुहरु जिम्मेवार भएपनि विधालयले साे विषयमा भन्नुपर्ने बताएका थिए । ट्राफिक प्रहरीबाट सिट क्षमता भन्दा धेरै विधार्थी राख्ने विषयमा अनुगमन बढाउने साे क्रममा बताइएकाे थियाे ।
आफुहरुकाे दायित्व र जिम्मेवारी सडकमा सवारी साधन चलाउदा कुनै अप्रिय घटना नहाेस भन्नू भएकोले चालक, पदैलयात्री सबैले यसमा स्वयं ध्यान दिन आवश्यक रहेको ट्राफिक कार्यालय प्रमुख अच्युत राज आचार्यले बताउनुभयो ।
कावासाेती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले विधालयका बस सुरक्षित रुपमा चलुन र बिधार्थी सुरक्षित रुपया बिधालय जाने र फर्कने अवस्था हाेस भनेर सचेतना कार्यक्रम गरिएको बताउनुभयाे।

सचेतना कार्यक्रम शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीकाे अध्यक्षता शिक्षा अधिकृत राजन पाण्डेकाे स्वागत र स्राेत शिक्षक तीर्थ कडेलकाे संचालनमा भएको थियाे। कार्यक्रममा करिब सय जना चालक सहचालकाे उपस्थिति रहेको थियाे।

ताजा अपडेट

खोजी गर्नुहोस