२०७३ सालमा जिल्ला प्रशासन कार्यालय बागलुङबाट नागरिकता लिएर फेरी नवलपुरबाट लिन खोज्ने गौँडाकोट नगरपालिका वडा नं. ५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सापकोटाले नयाँ नागरिकता बनाउनका लागि जन्ममिति लगायत सम्पूर्ण विवरण झुटो पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
सापकोटालाई फौजदारी कार्यविधि सँहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शीर्षकका जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिनुभयो । कुनै नेपालीले झुटो विवरण पेश गरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।